आईपीएलमा चेन्नईको सानदार सुरुआत, बैङ्गलोर ६ विकेटले पराजित

क्रिकेटको महाकुम्भ भनेर चिनिने इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करणमा चेन्नई सुपर किङ्ग्सले सानदार सुरुआत गरेको छ। केहिबेर अघि सम्पन्न भएको खेलमा साविक विजेता चेन्नईले रोयल च्यालेन्चजर्स बैङ्गलोरलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो।

चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा भएको खेलता बैङ्गलोरले निर्धारित २० ओभरको खेल खेल्दै ६ विकेटको क्षतिमा १७३ रन बनायो। १७४ रनको लक्ष्यसहित महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रको चेन्नईले निर्धारित ओभरको ८ बल बाँकी छदै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

प्रतिक्रिया
    ट्याग: