एनपिएलमा विराटनगरको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले पहिलो जित हात पारेको छ ।
बुधवार भएको खेलता लुम्बिनी लायन्सले दिए को १९२ रनको लक्ष्य विराटनगरले ८ विकेटको क्षतिमा जित हासिल गरेको हो । विराटनगरको जारी लिगमा यो पहिलो जित हो ।
विराटनगरको जितका लागि ओपनर ब्याट्सम्यान लोकेश बमले सर्वाधिक ७१ रनको पारी खेले।
त्यस अघि टस हारेर फिल्डिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनको योगफल तयार पारेको थियो । एनपीएलमा बनेको यो अहिलेसम्मको उच्च योगफल हो । यसअघि सुदूरपश्चिम रोएल्सले विराटनगरविरुद्ध नै १८२ रन बनाएको थियो ।
लुम्बिनीका लागि क्याप्टेन रोहित पौडेलले २९ बलमा ४६ र टम मूर्सले १७ बलमा ३० रन बनाए । ६४ रनमा २ विकेट गुमाएको स्थिति सम्हाल्दै रोहित र टमले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे ।
अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोराले १२ रन बनाए । साद बिन जफरले १५ रनको योगदान गरे । ७ बलमा विवेक यादव १९ रनमा नटआउट रहे ।
सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामी मगरले एकएक विकेट लिए । आफ्नो तेस्रो खेलमा विराटनगरका क्याप्टेन लामिछानेको यो जारी एनपीएलमा पहिलो विकेट हो ।
बुधवार नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो ।






