एनपिएलमा लुम्बिनीको लगातार तेस्रो हार, सुदूरको सानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेको छ ।
शनिवार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले तेस्रो जित हात पारेको हो ।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको लुम्बिनीले निर्धारित
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गरेको सुदूरपश्चिमले निर्धारित ओभर खेल्दै ४ विकेट गुमाएर १८७ रन बनायो ।
सुदूरपश्चिमका लागि सेब जायबले सर्वाधिक ९० रन बनाए । त्यस्तै कप्तान एवं सुदूरपश्चिमका मार्की दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउँदा ब्राण्डोन म्याक मुलेनले २३, बिनोद भण्डारीले १७ र स्कट कुग्गेलिजनले ११ रनको योगदान दिए ।
लुम्बिनीका लागि रामोन सिमन्ड्सले सर्वाधिक दुई विकेट लिए भने कप्तान रोहित पौडेल र विवेक यादवले समान एक÷एक विकेट हात पारे ।
लुम्बिनीका लागि विवेक यादवले नट आउन रहँदै सर्वाधिक ७७ रन बनाए । तर, त्यो जितका लागि भने पर्याप्त भएन भने अन्य खेलाडीले खासै रन जोड्न सकेनन् ।






