रहेनन् भारतका पूर्व प्रधानमन्त्री सिंह

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका सिंहको उपचारको क्रममा निधन भएको हो ।

कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीवार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको बताइएको छ ।

प्रतिक्रिया
    ट्याग: