अमेरिकामा विमान दुर्घटना, ६७ जनाको मृत्यु

अमेरिका । अमेरिकाको वाशिङ्गटन डीसी नजिकै यात्रुबाहक विमान र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना ६७ जनाको मृत्यु भएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकन एयरलाइन्सको सीआरजे ७०० विमान क्यान्ससदेखि वाशिङ्गटन जाँदै गर्दा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार दुर्घटना पछि विमान हावामै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको छ । विमानमा ६० जना यात्रुसहित ४ जना चालक दलका सदस्यहरू रहेको बताइएको छ । त्यस्तै हेलिकप्टरमा अमेरिकी सेनाका ३ जना जवान सवार रहेको पनि पुष्टि भएको छ । जसमा हालसम्म ३० जनाको शव बरामद भएको प्रहरीले बताएका छन् । प्रहरीले दुर्घटनामा कसैको पनि जिवित हुने सम्भावना न्यून रहेको बताएको छ ।
दुर्घटना लगतै उद्धारका लागि एम्बुलेन्स र सुरक्षाकर्मी खटिएका छन् भने रीगन एयरपोर्टबाट हुने सबै उडान तत्कालका लागि रद्द गरिएको छ ।






