बलवा नगरपालिकामा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

महोत्तरी । बलवा नगरपालिकाद्वारा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा निम्न माध्यमिक तहका विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो।
नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय, बदियामा आयोजित प्रतियोगितामा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक उपस्थिति रहेको नगरपालिकाका शिक्षा शाखाका प्रमुख राम विनय यादवले जनाए । उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ।
प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, बनौटा प्रथम, श्री मैथली बल्लभ माध्यमिक विद्यालय, पडौल द्वितीय र श्री योग कुमार माध्यमिक विद्यालय, बलवा तृतीय स्थानमा रहे।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राम बिजय महतो, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी तथा वडा नं. २ का अध्यक्ष शशि भुषणले विजयी तथा सहभागी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गरे।
नगर प्रमुख महतोले विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्न यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले बलवा नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न निरन्तर क्रियाशील रहेको उल्लेख बताए।
यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको बौद्धिक क्षमतामा निखार ल्याउने विश्वास नगर प्रमुख महतोले व्यक्त गरे।










