जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामै प्रश्नपत्र बाहिरियो

जनकपुरधाम । माध्यामिक शिक्षा परीक्षा (एसईई) को अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको एक घण्टा नबित्दै बाहिरिएको छ।
सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको भए पनि कुन परीक्षा केन्द्रबाट लिक भएको हो भन्ने अझै खुलिसकेको छैन।
आजबाट सुरु भएको एसईई परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।
केही साना घटनाहरू बाहेक, परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।
प्रतिक्रिया






