प्रधानमन्त्री ओलीसँगको छलफल फलदायी रहेको भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्रिया

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।

थाइल्यान्डको बैंककमा शुक्रवार भएको भेटवार्ता पछि उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । साथै भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा सकारात्मक छलफल भएको छ । हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौं ।’

प्रतिक्रिया
    ट्याग: