उच्च अदालतको आदेश पछि आफैँ गिरफ्तारी दिँदै लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गिरफ्तारी दिने भएका छन् ।
तुलसीपुर उच्च अदालतको आदेश पछि उनले गिरफ्तारी दिने भएका हुन् ।
आफ्नो सामाजिक सञ्जालमा लामिछानेले लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’
प्रतिक्रिया






