दिल्लीले चेन्नईलाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्ग्सलाई जितका लागि १८४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ्ग गरेको दिल्लीले निर्धारित ओभर खेल्दै ६ विकेट गुमाएर १८३ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले सर्वाधिक ७७ रन बनाए भने अभिशेक पोरेलले ३३ रन बनाए । जबकी ट्रिस्टन स्टब्स ३० रन बनाएर नट आउट रहे ।

चेन्नईका लागि खलिल अहमदले २ विकेट लिए भने रविन्द्र जडेजा, मथिशा पाथिराना र नुर अहमदले समान एकएक विकेट लिए ।

प्रतिक्रिया
    ट्याग: