वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले रिसालसँगको तस्बिर साझा गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
प्रतिक्रिया






