आईपीएल: मुम्बई र बैङ्गलोर भिड्दै, बुमराहको आगमनले जित्ला त मुम्बई?

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमवार मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच भिडन्त हुँदैछ ।

खेल साँझ ७ः४५ बजे मुम्बईको वानखेडे स्टेडियममा हुने छ । आजको खेलमा मुम्बई इन्डियन्सका योर्करम्यान जसप्रित बुमराह पनि हुनेछन् । उनले यसअघिका कुनैपनि म्याच खेलेका छैनन् ।

हालसम्म जारी सिजनमा मुम्बईले ४ खेल खेल्दा १ मा मात्रै जित निकालेको छ भने ३ खेल खेलेको बैङ्गलोरले २ मा जित निकालेको छ ।

आजको खेलमा दुबै टिम जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।

प्रतिक्रिया
    ट्याग: