जसपा नेपाल महोत्तरीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

महोत्तरी । जनता समाजवादी पार्टी, नेपाल महोत्तरीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सोमवार एक कार्यक्रमकाबीच महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ११ का जसपा नेपालका मकसुद शेषसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले दोसल्ला ओढाएर पार्टीमा प्रवेश गराएका हुन् ।

प्रतिक्रिया
    ट्याग: