नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज साँझ ५ बजे वार्ता, होला त सहमति ?

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई वार्ताका लागि बोलाएको हो ।
यसअघि सरकारले पटकपटक महासङ्घलाई वार्तामा बोलाएपनि उनीहरु वार्तामा गएका थिएनन् ।
वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् ।
प्रतिक्रिया






