आईपीएल क्रिकेटः आज बैङ्गलोर र दिल्ली भिड्दै

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।

बैङ्गलोरस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

जारी सिजनमा दुबै टीम बलियो प्रदर्शन गर्दै आएको छ । रजत पाटीदारको कप्तानीमा रहेको बैङ्गलोरले जारी सिजनमा ४ खेल खेलेकोमा ३ मा जित हात पारेको छ भने अक्षर पटेलको कप्तानीमा रहेको दिल्लीले हालसम्म ३ खेल खेलेकोमा ३ मै जित पारेको छ ।

आजको खेलमा जित निकाल्दै दिल्ली अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने बैङ्गलोर पनि जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।

प्रतिक्रिया