मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै

जनकपुरधाम । तराई–मधेश लगायतका मिथिला क्षेत्रमा आज सातु खाएर सतुवाइन पर्व मनाइँदै छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा, सप्तरी, मोरङ, सुनसरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।

चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेंर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको छ ।

सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको छ ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नूनसँग पनि खाने चलन छ ।

प्रतिक्रिया