नयाँ शैक्षिक सत्रमा शिक्षक तथा कर्मचारीहरुका लागि सरकारको ७ बुँदे निर्देशन

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ शैक्षिक सत्रमा शिक्षक तथा कर्मचारीहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको छ ।

शिक्षा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, उपलब्धिमूलक, विश्वसनीय र सेवाग्राहीमैत्री बनाउन भन्दै केन्द्रले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै निर्णय कार्यान्वयन गर्न भनेको हो ।

नयाँ शैक्षिक सत्र कार्यान्वयन गर्ने मुख्य सरोकारवाला शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

केन्द्रले जारी गरेको परिपत्रमा एक शैक्षिक सत्रका लागि २२० दिन रहेको भनिएको छ । तर चैत २० देखि शिक्षकहरू आन्दोलनमा छन् । नयाँ शैक्षिक सत्र सुरु भएको पनि तीन दिन भइसकेको छ । तर, शिक्षक र सरकारबीच सहमति भएको छैन ।

प्रतिक्रिया