कर्ण कायस्थ महिला समाजकी संस्थापक अध्यक्ष डा.मिनालाई श्रद्धाञ्जली

काठमाडौँ । कर्ण कायस्थ महिला समाजकी संस्थापक अध्यक्ष डा.मिना कर्णलाई श्रद्धाञ्जली दिइएको छ ।
बुधवार काठमाडौँस्थित नेपाल चित्रगुप्त समाज, नेपाल कायस्थ महासंघ र कर्ण कायस्थ महिला समाजको संयुक्त आयोजनमा डा.कर्णलाई श्रद्धाञ्जली दिएका हुन् ।
डा. कर्णको परिवारको उपस्थितिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा उनको आत्माको चीर शान्तिका लागि मौन धारण गरिएको थियो भने उपस्थित सबैले फूलमाला अर्पण गरेका थिए ।

कर्ण कायस्थ महिला समाजकीे अध्यक्ष पुनम दासले श्रद्धाञ्जीसहित पुष्प माला अर्पण गुर्दै मिशन २ करोड कायस्थले पठाएको शोक सन्देश पढेर सुनाइन् ।
श्रद्धाञ्जली सभामा रतिस सुमन, सन्तोष किशोर लाभ, शतीश कर्ण, देवेन्द्र कुमार कर्ण, शिवचन्द्र लाल, अशोक कुमार कर्ण, देवचन्द्र लाल, कौशल कुमार दास, विभा लाल, नीनू लाल, मीनू कर्ण, बिनीता भारती लगायत समाजका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

मधुमेह र युरिन इन्फेक्शनले ग्रसित डा. कर्णको गत अप्रिल ४ मा अमेरिकामा उपचारको क्रममा निधन भएको थियो ।






