वीरगञ्जका डा. झालाई एफइएसजीई उपाधि

काठमाडौं। नेपाली डा. राकेश कुमार झाले युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट (एफइएसजीई) उपाधि प्राप्त गरेका छन् ।
योसँगै डा. झा एफइएसजीईको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक पनि बनेका छन् ।
इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन्। नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधि पाएका हुन्।
डा. झा वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन् । ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।
डा.झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल-१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन् ।






