व्यावसाय थाल्न सामग्री प्रदान

सिरहा । दैनिक जीवनयापन सहजताका लागि व्यावसाय थाल्न जनचेतना अभियान नेपाल जनकपुरले सिरहा नगरपालिका–१४ नवटोलीका विपन्न परिवारलाई सामग्री प्रदान गरेका छन् ।

सिरहा नगरपालिका–१४ नवटोलीमा गठित माँ बैष्णवी समूहका सदस्यहरु गिता मण्डललाई अण्डा र भुजा पसलका लागि ग्यास सिलिण्डर थान १, पुनम मण्डललाई किराना पसलको समानहरु, मानकी सदालाई तराजु, त्रिपाल, बिलेक्षण सदालाई अण्डा भुजाका लागि ग्यास सिलिण्डर, रंजित मण्डललाई किराना पसलका समानहरु प्रदान गरिएको संस्थाका समाजिक परिचालक मिथिलेश यादवले बताए ।

त्यस्तै सोही वडाको मयुरी समूहका सदस्यहरु सरिता साफीलाई आइरन सेट थान १, टेवल थान १,हेङ्गर थान १, सर्फ अन्दाजी १० किलो, साबुन, प्रमिला मण्डललाई साइकल, तराजु, त्रिपाल, महावीर मण्डललाई किराना पसलका समानहरु प्रदान गरिएको उनले थपे ।

सिरहा नगरपालिका–१० स्थित माँ सन्तोषी जिविकोपार्जन समूहकी कविता देवी रायलाई हाँसको बच्चा २ सय प्रदान गरिएको हो भने सिरहा नगरपालिका–१९ स्थित दिनाराम दिनाभद्री समूहका सदस्यहरु अमृता देवी सदालाई नास्ता पसल गर्न चुलो, सस्पेन, प्लेट, चम्च, सोनिया देवी सदालाई किराना पसलका समानहरु, बेचनी देवी सदालाई किराना पसलका समानहरु प्रदान गरिएको उनले जनाए ।

उनका अनुसार सिरहा नगरपालिका–३ स्थित रुपेश साहलाई तेल, बेसन, चिनी, मैदा, र राकेश मण्डललाई किराना पसलका समानहरु प्रदान गरियो । लुथरन वल्ड फेड्रेसनको सहयोगमा जनचेतना अभियान नेपाल जनकपुरले संचालन गर्दै आएको सामुदायिक सशक्तिकरण र विकासका लागि पहलहरु” अन्तर्गत उक्त समानहरु प्रदान गरिएको समाजिक परिचालक मिथिलेशले प्रष्ट पारे ।

विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउनका लागि सिरहा नगरपालिका ३, १०, १९, १४, मा यो परियोजना संचालन रहेको छ भने सिरहा नगरपालिका वडा नं.५ र ६ मा संस्थाले आवाज परियोजना संचालन गर्दै आएको संस्थाका कार्यकारी निर्देशक सुनिल यादवले बताए ।

“जीवनस्तरमा सुधार ल्याउन र शैक्षिक समाज निर्माणका लागि परियोजना अन्तर्गत विभिन्न तालिमसँगै व्यावसाय संचालनका लागि टेवा पुँजी खडा गर्न केही समाग्री प्रदान गरिएको,”उनले भने, “रकमै दियो भने अन्यत्र खर्च भएर जाने हुनाले व्यावसयिक समाग्री नै प्रदान गरिएको हो ।” समाग्री वितरण स्थलमा संस्थाको कार्यसमिति सचिव राजेन्द्र यादवको समेत उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया
    ट्याग: