कोलकताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु

भारत । कोलकताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।
भारतको पश्चिम बङ्गालको राजधानी कोलकताको व्यस्त क्षेत्र मानिने बडाबाजारमा रहेको होटलमा आगलागी भएको बुझिएको छ ।
बीबीसीका अनुसार विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार राति करिब रात ८ः ३० बजेको समयमा ऋतुराज होटलमा आगलागी भएको हो । आगलागीमाथि नियन्त्रण लिइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया






