केआईआईटीमा फेरि नेपाली विद्यार्थी मृत फेला, ३ महिनामा दोस्रो घटना

काठमाडौं । भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत थप एकजना नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

वीरगञ्ज घर भएकी प्रिशा साह बिहीवार राति करिब ८ बजे होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

विश्वविद्यालय प्रशासनले घटनाबारे जानकारी दिँदै प्रहरीलाई जानकारी गराएर अनुसन्धान सुरु भएको बताएको छ ।

प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र परिवारका सदस्यलाई पनि खबर गरिएको विज्ञप्तिमा भनिएको छ ।

केआईआईटीमा पछिल्लो ३ महिनामा यो दोस्रो घटना हो । यसअघि गत फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया
    ट्याग: