मध्यरातमा पाकिस्तानमाथि भारतको हवाई आक्रमण, ३० जना मारिएको दावी

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धको अवस्था सुरु भएको छ । भारतले गत अप्रिल २२ मा काश्मिरको पहलगाममा भएको आक्रमणको बदला स्वरुप पाकिस्तानको विभिन्न क्षेत्रमा गयराति हवाई आक्रमण गरेको छ ।

‘अपरेशन सिन्दुर’ नाम दिइएको उक्त मिसन अन्तर्गत भारतले पाकिस्तानको ९ आतङ्की क्षेत्रमा हवाई आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । राति १ः३० बजे पाकिस्तानको बहावलपुर, कोटली र मुजफ्फरावादमा भारतले उक्त हवाई आक्रमण गरेको बताइएको छ ।

अपरेशन सिन्दुरमा भारतीय सेना, वायुसेना र नौसेनाको संयुक्त सहभागीता रहेको थियो । जसमा पाकिस्तानमा रहेका आतङ्की शिविरमाथि आक्रमण गरिएको हो ।

पहलगाम आक्रमणमा बन्दुकधारी केही व्यक्तिले हिन्दु धर्मका परिवारका पुरुषको मात्रै हत्या गरेका कारण यस अपरेशनको नाम सिन्दुर राखिएको बताइएको छ ।

आक्रमणमा कम्तिामा ३० जना मारिएको पनि भारतीय सञ्चार माध्यमले दावी गरेको छ ।

प्रतिक्रिया