पाकिस्तानमाथि एयर स्ट्राइकबारे भारतले दियो जानकारी

काठमाडौँ । पाकिस्तानमाथि एयर स्ट्राइक पछि भारतले पत्रकार सम्मेलनको आयोजना गरेर आक्रमणबारे जानकारी दिएको छ ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिसरीले भारतले सीमा पारीबाट भइरहेको आक्रमणको जवाफ दिन र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकारको प्रयोग गर्दै पाकिस्तान प्रशासित काश्मिर र पाकिस्तानको आतङ्की केन्द्रमा हमला गरेको बताए ।

पत्रकार सम्मेलनमा मिसरीले भने, ‘भारतको कारबाही केन्द्रीत, नाप–तौलसहित छ ।’

उनले पहलगाममा भएको आक्रमण योभन्दा बढी बर्बरतापूर्ण रहेको पनि बताए ।

उनले ‘अपरेशन सिन्दुर’ नाम दिइएको उक्त मिसन अन्तर्गत पाकिस्तानको ९ आतङ्की क्षेत्रमा हवाई आक्रमण गरिएको पनि पुष्टि गरे । राति १ः३० बजे पाकिस्तानको बहावलपुर, कोटली र मुजफ्फरावादमा भारतले उक्त हवाई आक्रमण गरेको हो ।

अपरेशन सिन्दुरमा भारतीय सेना, वायुसेना र नौसेनाको संयुक्त सहभागीता रहेको थियो । जसमा पाकिस्तानमा रहेका आतङ्की शिविरमाथि आक्रमण गरिएको हो ।

प्रतिक्रिया