भारतको जम्मू–कश्मीरमा फेरि ड्रोन आक्रमण सुरु

काठमाडौँ । भारतको जम्मू–कश्मीरमा फेरि गोलिबारी सुनिन थालेको छ ।
बीबीसीका अनुसार कुपवाडाको करनाह र तङ्गधार, उरी र पुँछमा साँझ ७ः२० बजेदेखि नै गोलिबारी सुरु भएको हो ।
समाचार संस्था एएनआईका अनुसार उरी सेक्टरमा गोली र विस्फोटको आवाज सुनिएको छ । त्यसबाहेक पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको छ ।
यसैबीच, जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ब्ल्याकआउट गरिएको र सायरनको आवाज सुनिन थालेको जानकारी दिएका छन् ।
उनले केही केही बेरमा विस्फोटको आवाज सुनिन थालेको भन्दै सबैलाई घरबाट बाहिर ननिस्कन र सुरक्षित यथास्थानमा बस्न पनि आग्रह गरेका छन् ।

शुक्रवार मात्रै भारत सरकारले बिहीवार पाकिस्तानको तर्फबाट भारतका विभिन्न स्थानमा गरी झन्डै ४ सय ड्रोन आक्रमण भएको जानकारी दिएको थियो ।
प्रतिक्रिया






