भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौँ । भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार छत्तीसगढको बंगोलीमा आइतवार राति न्वारनको भोज खाएर फर्किदैँ गरेको गाडी ट्रेलर गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घठनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घाइते मध्ये अधिकांशकोक अवस्था गम्भीर बताइएको छ ।
प्रतिक्रिया






