उद्योग मन्त्रीको कार्यभारसँगै ठूलो घोषणा: एक लाख रोजगारी!

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहाले कार्यभार सम्हाले लगत्तै एक लाख रोजगारी सृजना गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेका छन्।
कार्यभार सम्हालेसँगै विभिन्न माध्यमबाट शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री कुशवाहाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट पनि रोजगारीमुखी हुने बताएका छन्।
उनले रोजगारी सिर्जनासँग सम्बन्धित नयाँ आइडिया, प्रस्ताव, संभाव्यता, योजना वा कार्यक्रमहरूका लागि प्रदेशवासी, व्यवसायी, नवप्रवर्तनकर्ता तथा सरोकारवालाहरूलाई आफ्नो सुझाव पठाउन आग्रह गरेका छन्।
मन्त्री कुशवाहाले उद्योग प्रवर्द्धन, लगानी अभिवृद्धि, पर्यटन विकास तथा लघु, घरेलु उद्यमहरूको सशक्तिकरण मार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको बताएका छन्।
सझावका लागि वहाट्सएप र इमेल पनि सार्वजनिक गरेका छन्।
ईमेल: basant105@gmail.com
व्हाट्सएप: +977-9801122555






