मनसुन अगाडि विभागले गरिरहेको अध्ययनबारे प्रधानमन्त्रीले लिए जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले गरिरहेको अध्ययनबारे जानकारी लिएका छन् ।
यस वर्षको मनसुन आउनु अगाडि विभागले गरिरहेको अध्ययनबारे उनले जानकारी लिएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘वर्षायाम आउँदै छ। यस वर्षको मनसुन आउनु अगाडि जल तथा मौसम विज्ञान विभागले कस्तो अध्ययन गरिरहेको छ भन्ने विषयमा नजिकबाट जानकारी लिएको छु। मौसमजन्य विपत हुन नदिन पूर्वतयारीका विषयमा विभागको कार्यालय पुगेर यसबारे भएको तयारी बुझें। अब यस्ता विपत् हुन नदिन विपत् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने छ। वर्षा आउन लाग्यो, हामी सबै सचेत हुन जरुरी छ ।’
विभागले यस वर्षको मनसुनमा अत्यधिक वर्षा हुने आँकलन गर्दै पूर्व तयारी गर्न र सतर्क रहन आग्रह गरेको छ ।
प्रतिक्रिया






