इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौँ । इजरायलस्थित नेपाली दूतावासले ईरानसँगको बढ्दो तनावकाबीच सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ ।

दूतावासले आइतवार विज्ञप्ति जारी गर्दै इजरायलस्थित शैक्षिक संघसंस्था एवं अत्यावश्यक बाहेकका कार्यालय बन्द रहने र सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा इजराइलमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको हो ।

साथै स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया