ईरानमा रहेका नेपाली नागरिकको उद्धार भारत सरकारले गर्ने

काठमाडौँ । भारत सरकारले ईरानमा फसेका नेपाली र श्रीलंकन नागरिकको मद्दत गर्ने भएको छ ।

ईरानस्थित भारतीय दूतावासले भारत आफ्ना छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई ईरानबाट निकाल्नका लागि मद्दत गर्ने बताएको छ ।

बीबीसीका अनुसार भारतीय दूतावासले सोबारेको जानकारी एक्समार्फत् दिएको छ ।

ईरानस्थित भारतीय दूतावासले एक वयान जारी गर्दै भनेको छ, नेपाल र श्रीलंका सरकारको आग्रहमा भारतीय दूतावासले ईरानमा फसेका नेपाली र श्रीलंकन नागरिकलाई ईरानबाट निकाल्नका लागि मद्दत गर्नेछ ।

साथै दूतावासले नेपाल र श्रीलंकाका नागरिकलाई सम्पर्क गर्नका लागि पनि आग्रह गरेको छ ।

त्यसबाहेक भारतीय दूतावासले नेपाली र श्रीलंकन नागरिकको मद्दतका लागि टेलीग्राम च्यानल र आपातकाल नम्बर (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार र्इरानमा १६ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया