एसईईको नजिता सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको एसईईको नतिजा शुक्रवार सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक गणेश भट्टका अनुसार गत ७ चैतदेखि सञ्चालन भएको परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया






