शिक्षा विधेयकमा षडयन्त्र भए पुनः आन्दोलनमा जाने शिक्षक महासङ्घको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनको चेतावनी दिएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै पनि विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

२९ दिने लामो काठमाडौँ केन्द्रित आन्दोलनको क्रममा असार १५ गते शिक्षा विधेयक पारित गर्ने सहमति भएपनि तोकिएको मिति सकिँदासमेत विधेयक संसदमा पेश नभएसँगै देशभरका शिक्षक र कर्मचारीहरू सशङ्कित र आक्रोशित बनेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया