जेनजी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले दिए राजीनामा

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।
उनले अघि साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् ।
आज भएको जेन जीहरूको प्रदर्शन हिंसात्मक बन्दा हालसम्म १९ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।
उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएको बुझिएको छ ।
प्रतिक्रिया






