मधेस प्रदेशसभाका जसपा नेपालका चार सांसदसहित पाँचजना पदमुक्त

जनकपुरधाम। मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्।
बिहीबार सात दलले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनले कारबाहीस्वरूप पाँच सांसदलाई पदमुक्त गरेका हुन्।
पदमुक्त हुनेमा जसपा नेपालका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदा शंकर प्रसाद कलवारसहित नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह छन्।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (घ) बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहेकाले उनीहरूलाई आजकै मितिदेखि पदमुक्त गरिएको उल्लेख छ।

प्रतिक्रिया






