सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म

काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लागू हुने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्याका कारण यस्तो निर्णय भएको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, उक्त समय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयका हकमा लागू हुनेछ ।

त्यस्तै, सरकारले भोलिबाट लागू हुनेगरी शनिवार र आइतवार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
    ट्याग: