लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा । स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ ।
राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो ।
प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गरे।
मेलामा स्थानीय ३१ वटा कृषक समूहका उत्पादन समावेश थिए । मेला स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्ने र समुदायमा पोषणको महत्वबारे जानकारी गराउन आयोजना गरिएको हो ।
प्रतिक्रिया






