विश्वको सर्वोच्च स्थानमा ब्लड फर नेपाल

काठमाडौं । मानवता, रक्तदान तथा सामाजिक सेवाको सन्देश विश्व सामुह पुर्याउने लक्ष्यले विश्वको सर्वोच्च शिखर सगरमाथामा ब्लड फर नेपाल द्ययियम Blood For Nepal (BFN) को झण्डा फहराईएके छ।
अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले यसका अगुवाई गरेको थिईन।उनले २०८३ जेष्ठ ३ गते आइतबार ९मे १७ तारिख० दिन झण्डा फराईकी छिन्।
सगरमाथा आरोहणपछि आफ्नो अनुभव साझा गर्दै अनिता कार्कीले भनिन्,“सगरमाथामा ब्लड फर नेपालको झण्डा प्रस्तुत गर्न पाउँदा निकै गर्व महसुस भएको छ। यो केवल एउटा झण्डा होइन, मानवता, सहयोग र जीवन बचाउने अभियानको प्रतीक हो। विश्वको सर्वोच्च स्थानबाट रक्तदान र मानव सेवाको सन्देश दिन पाउनु मेरो लागि विशेष क्षण हो।”
ब्लड फर नेपालका सँस्थापक सरोज कुमार महतोले यस उपलब्धिलाई प्रेरणादायी क्षणको रूपमा वर्णन गर्दै भने, “अनिता कार्की ज्यु मार्फत सगरमाथामा ब्लड फर नेपालको झण्डा पुग्नु हाम्रो लागि गर्वको विषय हो। यसले रक्तदान, मानवता र सामाजिक सेवाको सन्देशलाई अझ व्यापक बनाउने विश्वास लिएका छौँ। युवाहरूलाई सकारात्मक सामाजिक अभियानमा जोडिन यसले प्रेरणा दिनेछ।”
ब्लड फर नेपाल लामो समयदेखि रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ देशभर रक्त व्यवस्थापन, जनचेतना तथा स्वयंसेवा अभियान सञ्चालन गर्दै आएको संस्था हो।
“हामी साझा गर्छौं, हामी हेरचाह गर्छौं” भन्ने नारासहित संस्थाले मानवताको सेवामा निरन्तर काम गरिरहेको जनाएको छ।






