वीरगञ्जका मेयर सिंहविरुद्ध लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न अनुमति दिएको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सका डीएसपी हरि बहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको जानकारी दिए ।
प्रतिक्रिया






