लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन

काठमाडौँ । सरकारले लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको जानकारी दिए ।

यस्तै, आफ्नो व्यवसायिक क्रियाकलापलाई विस्तार गर्न भर्सक नेपालमा दर्ता भएका सामाजिक सञ्जालको प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारको रणनीति रहेको उनले बताए ।

प्रतिक्रिया