कोलम्बियामा ७.३ काे भूकम्प, १ सय ३२ जनाकाे मृत्यु

काठमाडौँ । कोलम्बियामा भूकम्पमा परी १ सय ३२ जनाको मृत्यु भएको छ । ७ दशमलव ४ रेक्टरस्केल मापन गरिएको भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
कोलम्बिया सरकारले आपातकाल घोषणा गर्दै उद्धार कार्य जारी रहेको बताएको छ ।
कोलम्बियाको भूवैज्ञानिक सेवा अनुसार भूकम्प स्थानीय समय अनुसार आज बिहान ७ः३४ बजे गएको थियो । भूकम्पको केनद्र चोको प्रान्तमा जÞमीनबाट कÞरीब १०३ किलोमीटर गहिराईमा रहेको बताइएको छ ।
भूकम्पका कारण सबैभन्दा बढी प्रभावितमध्ये कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा शहर र त्यसका आसपासका क्षेत्र छन् ।
स्थानीय प्रशासनका अनुसार पेरेइरा शहर र आसपासको क्षेत्रमा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन् ।
प्रतिक्रिया





