इनर ह्विल क्ल्ब अफ बालाजुद्वारा सिलाई मेसिन वितरण

जनकपुरधाम । इनर ह्विल क्ल्ब अफ बालाजुद्वारा सिलाई मेसिन वितरण गरिएको छ ।

जनकपुरमा आयोजित एक कार्यक्रमका बीच कर्ण कायस्थ महिला समाजको सह संयोजनमा क्लबले उक्त मेसिन सरिता दत्तलाई वितरण गरेको हो ।

महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत झिगु पाला सोसाइटीद्वारा उपलब्ध गराइएको सहयोग रकमबाट उक्त मेसिन वितरण गरिएको क्लबकाे आइएसओ पुनम दासले बताइन् ।

महिलालाई आर्थिक रुपमा सक्षम बनाउन र आफ्नो आर्थिक अवस्था बलियो बनाउनका लागि क्लबले हरेक वर्ष झीगु पाला सोसाइटीको आर्थिक सहयोगमा विपन्न र आर्थिक रुपमा कमजोर महिलाहरूलाई सिलाई मेसिन, चिया खाजा पसल सञ्चालन गर्ने महिलाहरूका लागि ग्यास चुलो, कप, भाँडा, टेबुल, कडाही वितरण गर्दै आएको छ भने धूप बत्ती बनाउने तालिम, कुखरा पालनका लागि पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
    ट्याग: