ट्रान्परेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा प्रधानाङ्ग पुनः निर्वाचित, सदस्यहरू पनि निर्विरोध

काठमाडौँ । ट्रान्परेन्सी इन्टरनेशनल नेपाल (टीआईएन) को अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्विरोध निर्वाचित भएकी छिन् ।शुक्रवार काठमाडौँमा भएको २७ औँ वार्षिक साधारणसभा तथा आगामी कार्यकालका लागि प्रधानाङ्गको एकल उम्मेदवारी परेको थियो ।
उनी दोहोर्याएर ट्रान्परेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष बनेकी हुन् ।यसअघि सन् २०२१ मा भएको निर्वाचनमा उनले पूर्व अध्यक्ष खेमराज रेग्मीलाई पराजित गर्दै ट्रान्परेन्सी इन्टरनेशनल नेपालको अध्यक्ष बनेकी थिइन् ।
यस्तै ट्रान्परेन्सी इन्टरनेशनल नेपालक ७ जना सदस्यहरू पनि निर्विरोध निर्वाचित घोषित भएका छन् । कार्यसमिति सदस्यहरूमा हरी बहादुर थापा, शरदचन्द्र वस्ती, सविता भण्डारी बराल, सिताराम अग्रहरी, सुनिता गुरुङ, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ रहेका छन् ।
यस्तै संस्थागत तर्फ राष्ट्रिय व्यवसायिक पहल रहेको छ ।९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिनेछ ।
सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।








