ओली फेरि धनुषा आउँदै, शान्तिपुरमा कार्तिक २ गते भव्य पार्टी प्रवेश कार्यक्रम हुने

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक २ गते आउँदै छन् ।
एमालेका एक नेताले ओली पार्टी प्रवेश कार्यक्रममा आउँने कार्यक्रम रहेको जनाएपनि पार्टी सचिव रघुवीर महासेठले आवश्यकता अनुसार अध्यक्ष कमरेड पार्टी प्रवेश कार्यक्रममा आउने वा नआउने तय हुने बताए ।
आउँदो मङ्सिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँन धनुषा आउन लागेको एमालेका एक नेताले जानकारी दिएका छन् ।
धनुषा ४ मा कडा प्रतिस्पर्धा रहेको सत्ता गठबन्धनका उम्मेदवार काँग्रसका सहमहामन्त्री महेन्द्र यादव र एमाले सचिव रधुविर महासेठले पार्टी एक अर्काको पार्टीको नेता कार्यकर्ताहरुलाई प्रवेश गराउँने कार्यक्रमलाई तीव्रता दिएको छ ।
कार्तिक २ गते काँग्रेस सहमहामन्त्री यादव, धनुषा जिल्ला सभापति योगेन्द्र पंजियार, सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार दिएका शत्रुधन महतो गाउँका प्रभावशाली नेता तथा कार्यकर्ताहरूलाई प्रवेश गराउने त्यस क्षेत्रकै एक एमाले नेताले जनाएको छ ।
टिकटका कारण असन्तुष्ट बनेका काँग्रेसका एक नेता भन्छन्, ’प्रस्ताव आएको छ राम्रो स्थान दियो भने पार्टी प्रवेश गर्न केही कठिनाई छैन् । पार्टीमा प्रवेश गर्न पनि सक्छु ।’
यसअघि २०७४ को आम निर्वाचनमा पनि सहमहामन्त्री र एमाले सचिव महासेठबीच नै कडा प्रतिष्पर्धा रहेको थियो । पछिल्लो निर्वाचनमा महासेठले यादवलाई २ हजार ५ सय ४१ मतले पराजित गरेको थियो ।
महासेठले २२ हजार ५ सय ३२ मत ल्याएका थिए भने यादवले १९ हजार ९ सय ९१ मत ल्याएको थिए ।






