एभरेष्ट पेपर मिल घटना : मृतकका परिवारले ११ लाख क्षतिपुर्ति पाएपछि बुझे शव

जनकपुरधाम । शनिवार बिहान १० बजे धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित रहेको एभरेष्ट पेपर मिलमा मृत्यु भएका परिवारलाई ११ लाख दिएपछि शव बुझेका छन् । मिलको फित्तामा बेरिएर धनुषा क्षीरेश्वरनाथ नगरपालिका ९ औरहाका मनोज श्रेष्ठको मृत्यु भएपछि उनको परिवारजनले शव बुझ्न मानेका थिएनन् ।
मिलका संचालकले पिडित परिवारलाई रु।१० लाख र मिलका ठेकेदारले किरिया खर्च बराबर १ लाख आर्थिक सहयोग गरेपछि शव बुझेका छन् । मृतकका परिवारलाई तत्कालै चेक दिएपछि सहमति भएको हो ।
मिलमा यसअघि कामदारको मृत्यु हुँदा क्षतिपुर्ति दिन आनाकानी गर्ने गरेको हुँदा मृतकका परिवारले क्षतिपुर्ति तत्कालै नदिए शव बुझ्न मानेका थिएनन् ।
स्थानीय तथा मिलमा कार्यरत मजदुरहरुको नेतृत्व गर्ने व्यक्तिहरुको दबाबका कारण मिलका संचालक तथा ठेकेदारले मृतक परिवारलाई तत्कालै क्षतिपुर्ति दिएको छ ।
मृतक परिवारलाई क्षतिपुर्ति दिने सहमति भएपनि अगामी दिनमा यस्ता घटना फेरी नदेहोरियोस् भन्ने विषयलाई वास्ता गरिएको छैन् । मिलमा रहेको पुरानो प्रविधिलाई विस्थापित गरी मिलमा कामदारको जोखिम न्यूनिकरण गर्ने विषमा केही निर्णय नभएको त्यहाँ कार्यरत एक कर्मचारीले जनाएका छन् ।
मिलमा रहेको सो प्रविधि नफेरिए फेरी अर्को कामदारको मृत्यु नहुने भने भन्न सकिने अवस्था छैन् ।
हेर्नुहोस् भिडियोमा यस्तो संवेदनशिल ठाउँमा विना सुरक्षा काम गर्न बाध्य छन् एभरेष्ट पेपर मिलका कर्मचारी






