सर्लाहीमा भोटको विषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको मृत्यु

सर्लाही । गोडैता नगरपालिका–६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबीच झै–झगडा भई कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । झगडा हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिबार राति मृत्यु भएको छ ।
उक्त स्थानमा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो ।
अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय बिक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया






