झापा–५ एमाले अध्यक्ष ओली विजयी

झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेको छ ।

निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेका अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ मत ल्याएको छ । कूल २८ हजार पाँच सय ७६ मतान्तरले अध्यक्ष ओली विजयी भएको हो । अध्यक्ष ओली योसँगै छ पटक विजयी भएको छ ।

यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेको हो ।

प्रतिक्रिया