‘जलवायु न्याय’ गर्न अन्तर–पुस्ता संवाद कार्यक्रम सम्पन्न

जनकपरधाम । जनकपुरधाममा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको छ । जलवायु न्यायका लागि अन्तरपुस्ता संवाद कार्यक्रममा प्यानल संवादको आयोजना गरिएको थियो ।
जसमा युवा, महिला, बालबालिका तथा खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरे तथा मिथिला बाइल्ड लाईफका देव नारायण मण्डल वक्ताको रुपमा रहेका थिए भने सेभ द चिल्ड्रेनका अभिलेष कर्णको सहजिकरण रहेको थियो । युवा, महिला, बालबालिका तथा पिछडिएको समुदायको सहभागितामा आयोजना गरिएको सेभ द चिल्ड्रेनका कर्णले बताए ।
शुक्रबार सेभ द चिल्ड्रेनको आयोजनामा कायापलट, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द« र रतौलि युवा क्लबको सहकार्यमा कार्यक्रम भएको थियो । त्यस्तै पछिल्लो समय पर्यावरणमा देखिएको परिवर्तनले निम्त्याएको समस्यालाई न्यूनिकरण गर्न सिफ्ट अभियान अन्तर्गत संवाद कार्यक्रम आयोजना गरिएको कर्णले जानकारी दिए ।

मधेश प्रदेशमा पछिल्लो समय भईरहेको जलवायु परिवर्तनका कारण देखिएको समस्या बारे केन्द्रित छलफलमा युवा, बालबालिका तथा नागरिक समाजका प्रतिनिधिले बताएका थिए । जसमा बक्ताले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनमा के कस्ता कार्यगर्न सकिन्छ भनेर बताएका थिए ।कार्यक्रममा धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सर्लाहीका सहभागि रहेका थिए ।






