डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जनकपुरधाम । दाइजोसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका–५ का डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दायर गरेको दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

गत वर्ष २५ फागुनमा नेहा र पंकजबीच सामाजिक परम्पराअनुसार विवाह भएको थियो । त्यसको ७ महिनापछि नेहाले गत २५ कात्तिकमा फेसबुकमार्फत दाइजोका नाममा श्रीमान् र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन् ।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया