मधेशी समाज क्यानवेराको अध्यक्षमा महतो

क्यानवेरा(अष्ट्रेलिया) । अष्ट्रेलियाको क्यानवेरा र आसपासका क्षेत्रमा वसोवास गरिरहेको मधेशीहरुको समाजिक संस्था मधेशी समाज क्यानवेराको पहिलो विस्तारित वैठक सम्पन्न भएको छ ।

वेलकनेन स्थित जोन नाईट मेमोरियल पार्कमा जनवरी ८ तारिक, आईतवार भएको विस्तारित वैठकले रितेश महतोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्यानवेरा भ्रमणमा रहेका अभिभावकहरु र अन्य करिव ५० जना सदस्यहरुको उपस्थितिमा भएको वैठकले संस्थाको भावि योजना उपर छलफल र सुझाव दिदै १३ सदस्यीय कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा वन्दना सिंह र कोषाध्यक्षमा केशव साह रहेका छन् । त्यस्तै महासचिवमा भने प्रभाकर साह चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा बबिता कुशवाहा, निराजन यादव, सन्देश यादव,नागेन्द्र यादव, पवन साह, दिपेन्द्र साह र अजय यादव रहेका छन् ।

सल्लाहकार समितिमा भने विरेन्द्र साह, सन्तोष देव, डा उदयनारायण यादव र महेश देव रहेका छन् । मधेशी समाज क्यानवेराका तदर्थ समितिका अध्यक्ष संतोष देवले अध्यक्षता गरेको विस्तारित बैठकमा अभिभावकहरु लक्ष्मण महतो, रामउदगार यादव, रंजित कुमार दासले आ–आफ्नो मन्तव्य राखेको थियो

प्रतिक्रिया