सर्वाेच्चकाे फैसला : रवि लामिछानेको सांसद पद खारेज (पूर्ण पाठ)

 काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकणरमा सर्वोच्च अदालतले उनको विपक्षमा आदेश दिएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले उनले पुनः नागरिकता प्राप्तीका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसदको उम्मेदवार हुन, निर्वाचित हुनसमेत नपाउने भन्दै उनको सांसद पद खारेज गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी उनले पार्टी दर्ता गरेका थिए । पार्टी दर्तापछि उम्मेदवार भई प्रतिनिधिसभा सदस्य जितेका उनी उपप्रधान तथा गृह मन्त्री भएका थिए ।

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको हो । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिसमेत बन्न अयोग्य बनेका छन् । 

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।

प्रतिक्रिया